
काठमाडौं : जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावना र अपेक्षामाथि धोका दिएको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेको छ ।आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए ।उनले भने, ‘सुशीला जीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।’पत्रकार सम्मेलनमा बोल्दै जेनजी समूहका संयोजक ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म आत्मसात गर्न नसकेको र १०० दिनमै असफल भइसकेको दाबी गरे । उनका अनुसार आन्दोलन कुनै व्यक्ति वा नेताको राजनीतिक उचाइका लागि नभई प्रणालीगत सुधारका लागि भएको थियो, तर त्यसप्रति सरकार गैरजिम्मेवार बनेको छ ।
‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ ढुंगानाले भने ।




























