
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ।नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ।समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म एक करोड २ लाख ६७ हजार ७३ मत गणना भएको छ । जसमा रास्वपाले ४९ लाख ३६ हजार ६५७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.१ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ६९ हजार ५५९ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १३ लाख ८७ हजार १६९ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५० हजार ८१ मत प्राप्त गरेको छत्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ८०७ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २२ हजार ८९ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।



























