काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्रका बालेन शाहको काठमाडौं महानगरपालिकाको मेयरमा भएको जित कांग्रेसको पराजयमात्रै नभएर जनताको विश्वास र जित भएको टिप्पणी गरेका छन् ।सामाजिक संजालमा लेख्दै मतदाताले विजय गराइसकेपछि बालेन एक्लै हुन् वा एक्लै छन् भन्ने नसोच्न पनि शर्माले आग्रह गरेका छन् ।जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनसमेत शर्माले अपिल गरेका छन् ।‘बालेनको विजय हाम्रो पराजयमात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’ शर्माले भनेका छन्, ‘उनलाई सफलताको साथ र शुभकामना दुवै दिउँ । लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आखों पर ।’वैकल्पिक दलहरू पनि मैदानमा खडा भए पनि उनीहरूलाई र नारालाई नरोजेको भन्दै शर्माले सचेत मतदाताले दललाई बदल्ने सन्देश दिएको बताए ।देशको राजधानी सहर काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेको बलियो पकडकलाई पन्छाउँदै स्वतन्त्रका बालेन शाह मेयरमा निर्वाचित भएका छन् । बलियो प्रभाव र पहुँचविरुद्ध बालेनले जितेपछि उनको चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ ।