
काठमाडौँ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी विजयी भएकी छन् ।शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाकाे प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् ।रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा २२९ परेको छ । त्यस्तै विपक्षमा २२ मत परेको छ भने तटस्थमा २२ मत परेको थियो । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।योसँगै २५ वर्षकी रुबीकुमारी संसारकै कान्छी उपसभामुख बनेकी छिन् ।उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् । नेकपा एमाले तटस्थ बसेको थियो भने अरु सबै दलले रुबीलाई समर्थन गरेका थिए ।




























