
काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नगदसहितको करोडौको सम्पत्ति रहेको खुलेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्।बुबा दिलबहादुर गुरूङ (पिता) को नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन्।
८९ तोला सुन, ६ किलो चाँदी पैतृक सम्पत्ति देखाएका छन्।गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ देखाएका छन्।यसैगरी, उनले होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन्। लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर देखिएको छ।त्यसैगरी मन्त्री गुरुङको एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख बराबरको ७० हजार थान शेयर रहेको विवरणमा उल्लेख गरेका छन् ।



























