
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे बराइली कामीले पदबाट राजीनामा दिएका छन् ।राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति Ram Chandra Paudel ले नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम कामीले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।उनीले दिएको राजीनामा जेठ १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



























