
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे अध्ययन गर्न गठन गरिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग–२०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए ।प्रवक्ता पोखरेलका अनुसार बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।त्यसैगरी, मन्त्रिपरिषद्ले मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।



























