
काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सहयोग पुर्याउन आफूले पदबाट राजीनामा दिएको बताएका हुन्। गुरुङले छानबिन प्रक्रियाप्रति विश्वास रहेको उल्लेख गर्दै अन्ततः सत्य स्थापित हुने र आफूले सफाइ पाउने अपेक्षा व्यक्त गरे।उनले भने, "सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने सोचका साथ छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु।"गुरुङले छानबिन प्रक्रिया सम्पन्न भएपछि आफू पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुने आशासमेत व्यक्त गरेका थिए।




























