काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीले कमिसन नआउने क्षेत्रको लागि बजेट नछुट्याएको आरोप लगाएका छन् ।
मंगलबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट घटाइएको बताए ।
संसदमा बोल्दै उनले अघिल्लो वर्षभन्दा स्वास्थ्यको बजेट घटाइएको भन्दै अर्थमन्त्रीले कमिसन नआउने क्षेत्रमा बजेट नछुट्याइएको आरोप लगाए ।
‘स्वास्थ्यको कुरा गर्ने हो भने पहिलेभन्दा बजेठ घटाइएको छ । के कमिसन अनाउने भएको कारण स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरुको बजेट घटाइएको हो त ?’ उनले भने ।त्यसैगरी बजेटले कुनै पनि गन्तव्यमा नपुग्ने उनको दाबी रहेको छ ।
‘यो बजेट वास्तवमा केहो ? यो बजेट चौबाटोमा पुगेको छ । कता जाने गन्तव्यमा पुग्दैन ।’ उनले भने ।