
काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर आइतबार अपराह्न ४ः३० बजे ५.० रेक्टर स्केलको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमपूर्वको कोल आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।



























