काठमाडौं । झापाका विभिन्न स्थानहरूबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संग्लग्न रहेको आरोपमा आठजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा सप्तरी टिकुली नगरपालिका–५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका–३ बस्ने १९ वर्षीय कुमार राजवंशी र इलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका–८ कदमगाछी बस्ने अशोक बिहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका–१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज सञ्चालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानबाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो ।