काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त प्रस्ताव संसदमा पेस गरेका हुन् ।
सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै भट्टराईले सरकारले हिजो मध्यरातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाएपछि मात्र सार्वजनिक महत्वको प्रस्तावले संसदमा प्रवेश पाएको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दैमा नेपालमा पनि मूल्य बढाउनै नपर्ने उनले बताएका छन् ।
त्यसैगरी पेट्रोलियम पदार्थ मात्र नभएर अन्य मूल्यवृद्धि नियन्त्रणका लागि पहल गनुपर्नेमा जोड दिएका छन् ।