
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै प्रधानमन्त्री शाहले बाढीपछि सरकारले तत्कालै उद्धार तथा राहतका लागि विभिन्न संयन्त्र परिचालन गरेको जानकारी दिएका हुन्।उनका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा आवश्यक सामग्री वितरणसँगै अवरुद्ध सडक र सञ्चार सेवा सञ्चालनका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ।प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए।उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको पनि प्रतिनिधिसभालाई जानकारी गराए।



























