कलैया । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव) आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन ।जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए । दोश्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका लागि खर्च गर्ने बताएका छन् ।मेयर यादवले नेपाली कांग्रेसबाट नै निर्वाचित उपमेयर तारादेवी कानुसहित वडाअध्यक्षहरुलाई समेत मासिक सेवा सुविधा नलिन आग्रह गरेका छन ।