काठमाडौं । बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा विवाद भएको छ ।फोहर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच मंगलवार झडप भएको हो ।प्रहरीले संघर्ष समितिका ५ जनालाई नियन्त्रणमा लिएको छ । आन्दोलन गरिरहेका अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् ।काठमाडौंको फोहर ल्याउन नदिन त्यहाँका स्थानीयले सडक अवरुद्ध पार्दै आएका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।स्थानीयवासीको अवरोधका कारण फोहर लगिएका गाडी गन्तव्यस्थलमा पुग्न सकेका छैनन् ।