काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौला पन्तले दशलाख पर्यटक भित्र्याउने योजना महत्वकांक्षी भएको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयक माथीको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्। ‘दशलाख पर्यटक भित्र्याउने अलि महत्वकांक्षी योजना भएन र मन्त्री ज्यू विश्वसनीय पनि छैन,’ उनले भनिन्।
उनले पर्यटकीय क्षेत्रमा स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गरेर शौचालय लगायतको सुविधाको व्यवस्थापन गर्नुपर्ने बताइन्।
‘२४ अैं घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यक देखिन्छ,’ उनले भनिन्।