काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मल ल्याउन नसक्नु सरकार तथा दलहरूको सामूहिक असफलता रहेको बताएका छन् । ‘यत्तिका सरकार फेरिए, विभिन्न दलबाट मन्त्री बने । तर जे गर्दै आयौँ । त्यही प्रणालीबाट मल आउँदै आउँदैनौँ । हामीले गर्नै सकेनौँ, हामीले यसलाई स्वीकार्नुपर्छ । पहिलेकै जसरी मल ल्याउँछौँ भन्नु पागलपनभन्दा केही होइन,’ उनले भने ।विगतमा पनि यसपटकको जस्तै समस्या भएको भनाइ सांसद थापाको थियो । ‘भोलि पनि उस्तै छ,’ उनले भने, ‘यो निश्चित छ । हामी उसैगरी काम गरेर मल आउँदै आउँदैन ।’