एजेन्सी । भारतको निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति घोषणा गरेको छ । अब १८ जुलाईमा त्यहाँ देशको १५ औं राष्ट्रपतिका लागि मतदान हुनेछ ।निर्वाचन आयोगको तालिकाअनुसार २१ जुलाईमा देशले नयाँ राष्ट्रपति पाउनेछ ।यसका लागि उम्मेदवारी दिन २९ जुनलाई अन्तिम मिति घोषणा गरिएको छ ।
२४ जुलाईमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिने भएकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो ।कोविन्दले २५ जुलाई २०१७ मा राष्ट्रपतिका रुपमा सपथ लिएका थिए ।