
काठमाडौँ- अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ । संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् ।ती एजेन्सीहरुले युगान्डाका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।




























