काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ। सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्।उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराति अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य बिमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनेटरी प्याडको करलगायतको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे।‘नेपालको संसदीय इतिहासमा कोही मन्त्रीमाथि प्रश्न उठ्यो भने राजीनामा दिने चलन छ। यसलाई ख्याल गरियोस्’ उनको भनाइ छ।यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले स्पष्टिकरण दिनुपर्ने बताए।