काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार १.८९ प्रतिशतले घटेको छ। आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेर १,९३४.११ बिन्दुमा पुगेको हो।सेयर बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार कुल २२३ धितोपत्र तथा ऋणपत्रको ३६ लाख ६६ हजार ८९१ सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ। गत साता बजार बन्द हुँदा शुक्रबार कारोबार रकम एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो।कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १८ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने २०० वटाको मूल्य घटेको छ। आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ३.८५ प्रतिशत, विकास बैंकको ३.६६ प्रतिशत र अन्यको ३.६२ प्रतिशतले घटेको छ।आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धि आज ९.९९ प्रतिशतले भएको छ। केही दिनदेखि संस्थाको सेयर मूल्यमा निरन्तर सकारात्मक वृद्धि देखिएको छ। गत बिहीबारदेखि सेयर कारोबार सुरू भएको रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य भने आज सबैभन्दा धेरै ९.५६ अंकले घटेको छ।कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १० करोड २९ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।यसपछि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको ५ करोड ६४ लाख ६३ हजार रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख २८ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख ३९ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको ३ करोड २४ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ।