काठमाडौं । सुनको लौरो उपहार दिएको भनिएका युएईबाट बोलाएका राजकुमार नक्कली भएको खुलासा भएको छ । दुर्गा प्रसाईको निम्तोमा चार दिने नेपाल भ्रमणमा आएका भनिएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम राजकुमार नक्कली भएको खुलेको हो ।उनी राजपरिवारका आफन्ती भने भएको पाइएको छ । नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम हुन भने युएईका असली राजकुमार शेख हमदान बिन मोहमद बिन रसिद अल मक्तुम हुन् ।दुबईका राजकुमार जस्तो उच्च व्यक्तित्व नेपालको परराष्ट्रमन्त्रालयलाई जानकारी नदिई कसरी आउनुभयो ? हामी छक्क पर्यौ परराष्ट्रका एक उच्च अधिकारीले डिकुरासंग भने ।
युएईमा राजकुमार नेपाल आउँदा कूटनीतिक माध्यमबाट आउनुपर्ने हुन्छ । यसका लागि सरकारले राजकुमारको लागि उच्च सुरक्षा व्यवस्थासमेत व्यवस्था गर्नुपर्ने हुन्छ । तर शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउँदा परराष्ट्र मन्त्रालय लगाएर सुरक्षा निकायका अधिकारीहरुलाई नै थाहा नभएको पाइएको छ ।दुबईको जनसङ्ख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक अधिराजकुमार नेपाल आएको बुझियो। दुबईका वास्तविक क्राउन प्रिन्स झापा आएका होइनन्।राजकुमार बनेर आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले प्रसाईँलाई ल्याएको सुनको लौरोले झनै यस विषयमा चर्चा सुरु भएको छ । भन्सार विभागले यस सम्बन्धी अनुसन्धानसमेत सुरु गरिसकेको छ
