काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका १३ सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ ।महानगरपालिका नगरसभाको ११औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र साहले हाल महानगरपालिकामा ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइँदै गरिएकोमा दुई विद्यालय थप गरिने बताए ।