काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको राष्ट्रव्यापी गणित प्रतियोगितामा ललितपुरको ब्लुबर्ड कलेज ‘ए’ प्रथम भएको छ । नेपाल गणित समाजको संरक्षकत्व र एनएस-एमजी एजुकेसनद्वारा प्रत्येक वर्ष यो प्रतियोगिता हुने गरेको छ ।प्रतियोगिता देशभरका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको २०७९ संस्करणको बुटवलको कान्ति मावि दोस्रो, ललितपुरको ब्लुबर्ड कलेज ‘बी’ तेस्रो र पोखराको मदरल्यान्ड इंग्लिस बोर्डिङ स्कुल ‘ए’ चौथो भए ।प्रथम भएको ब्लुबर्ड कलेज ‘ए’ ५० हजार रूपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा पूर्ण छात्रवृत्ति, द्वितीय भएको कान्ति माविले २५ हजार रुपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा विशेष छात्रवृत्ति तथा तृतीय भएको ब्लुबर्ड कलेज ‘बी’ १५ हजार रुपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा आंशिक छात्रवृत्ति प्राप्त गरेका छन् ।
कार्यक्रममा नेपाल गणित समाजका सभापति प्रा. डा. नारायणप्रसाद पहारी र काठमाडौं विश्वविद्यालयका पूर्वडिन प्रा.डा. कन्हैया झालगायतको उपस्थिति थियो ।