काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम कम्युनिष्ट एकताकाे प्रस्ताव लिएर एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेट पुग्नुभएकाे छ ।ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच कम्युनिष्ट एकताका बारेमा वार्तालाप भएकाे हाे ।एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम बालकाेट पुग्नुभएकाे बताइएकाे छ।कम्युनिष्ट पार्टीबीच एकता अभियान शुरू गर्नुभएका गाैतमले हिजाे मात्रै नेकपा एकता राष्ट्रिय अभियान नामकाे पार्टी घाेषणा गर्नुभएकाे छ ।