काठमाडौं– बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। गीत बिहीबार सार्वजनिक भएको हो।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रदीप खड्का र रेनु योगी फिचर्ड छन्। दुईबीचको झगडाको दृश्यबाट सुरु भएको गीतमा पश्चिमेली लवजमा प्रदीप र रेनुको संवाद पनि समेटिएको छ।गीतलाई धुव्र विस्कोले गाएका छन् भने शब्द तथा संगीत दिपक शर्माको रहेको छ। गीत समावेश दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘प्रकाश’ भदौ १० मा प्रदर्शनमा आउँदै छ।फिल्मलाई विकास सुवेदीले लेखेका छन्। दिनेशबहादुर रावत फिल्मका सहायक निर्देशक रहेका छन्। फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।https://www.youtube.com/watch?v=8ZOeLrUXBc4