काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । आज दिउँसो भट्टराई निवासमा यो भेटवार्ता भएको हो ।भेटको तस्वीर राख्दै भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिनु भएको हो । भेटवार्तामा महानगरपालिकाका समस्या साथै योजनाबद्ध विकासबारे सार्थक छलफल भएको उहाँले बताउनुभएको छ ।