काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साउनको पहिलो हप्ता निर्वाचनको मिति घोषणा हुने बताएका छन्।
सोमबार सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले सबै तयारी गरेको र निर्वाचन आयोगले पनि मिति प्रस्ताव गरिसकेकाले छिटै घोषणा हुने बताए।
उनले मतदाता नामावलीमा नाम लेखाउन र निर्वाचनमा तयारीमा लाग्न आग्रह पनि गरे। थापाले मंसिरको पहिलो साता प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताए। आयोगले मंसिर २ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको छ।
‘सरकारले साउन ४ वा ५ मा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ’, उनले भने ‘मंसिर ४ वा ५ मा चुनाव हुन्छ।’