काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । एमालेका सांसदहरु बैठकमा सहभागी भएर पार्टीको केही धारणा राखेर बाहिरिएको स्रोतले जनाएको छ ।
एमालेले लेखा समितिको सभापति आफुलाई दिनुपर्छ भन्दै आएको छ।सांसदहरु शिवमाया तुम्बाहाङ्फे, गोकुल बास्कोटा, रघुवीर महासेठलगायतले बैठक बहिस्कार गरेका थिए ।