काठमाडौं - पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेट भएको छ। सोमबार राजदूत बौरबाओले प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई भेटेका हुन्।
भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको बालकोट स्रोत जनाएको छ। उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको बताइएको छ। राजदूत बौरबाओ नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गरेका छन् । उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताएका छन् ।भेटवार्तामा एमाले उपमहासचिव विष्णु रिमालसमेत सहभागी थिए।

