काठमाडौं - सचेत नेपाली पार्टीका संयोजक पुण्यप्रसाद प्रसाईले वैकल्पिक शक्तिको नाममा आफूलाई केन्द्रमा राख्ने व्यक्ति र अर्को स्वतन्त्र उम्मेदवार भनेर गलत किसिमले व्याख्या गरिएको भन्दै आपत्ती जनाए ।साच्चै नै देश बनाउन चाहाने हो भने सम्पुर्ण वैकल्पिक शक्तिहरु एक हुनु पर्ने उनको भनाई थियो ।राजनीतिमा सदाचारको आवश्यकता पर्ने भन्दै उनले राजनीतिज्ञ सदाचारी हुनुपर्ने उनको भनाई थियो । देशको राजनीति नेताहरुले आफुलाई केन्द्रमा राखेकैले बिग्रिएको उनको टिप्पणी थियो । आगामी दिनमा हुने भेलाले चुनाव चिन्ह छनौट गर्ने पनि उनले बताए ।जनताको बहुमतले मात्र देशमा परिवर्तन सम्भव हुनेमा उनले जोड दिए । उनले भने,‘देशमा आमुल परिवर्तनको लागि सर्वपहिचानवादको नीति ल्याउनुपर्छ । चाकडीले देश बन्दैन्, देश बनाउन चाकडीप्रथाको अन्त्य हुनुपर्छ ।’ यो देशको सार्वभौमसत्ता, अखण्डता फालिने भन्दै उनले देश जोगाउन सबै मिल्नुपर्ने बताए ।