काठमाडौं - उन्नत लोकतन्त्र नेपाल पार्टीका अध्यक्ष स्वागत नेपालले देश अप्राकृतिक रुपले धेरै मिल्नेहरुको कारण बिग्रीएको दाबी गरे । उनले भने,‘यो देश धेरै मिलीजुलीका सरकार बनेको कारण बिग्रिएको हो । टाउको लिएर आउ झोलामा पैसा लिएर जाउ र टाउको गिड्दै हिड्नेहरु अहिले मिलिरहेको अवस्था छ । देशको अवस्था प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अप्राकृतिक गठबन्धनले बिग्रिएको हो । यो सम्बन्ध लामो बनाउँदा देशलाई घाटा पर्छ ।’नेपालले नेतालाई मन नपर्ने तर जनतालाई मन पर्ने विचार लिएर आफ्नो पार्टी अघि बढेको स्पष्ट पारे । जनताले नेतालाई बहिस्कार गर्ने मन नपर्ने तर जनतालाई बहिस्कारको अधिकार राइट–टु–रिजेक्ट चाहिएको उनले टिप्पणी गरे । उनले आफ्नो पार्टीले १२ वर्षदेखि जनतालाई मन पर्ने र नेतालाई मन नपर्ने विचार बोेकेर हिडीरहेको उनले दाबी समेत गरे । उनले एमसीसी, एसपीपी र राष्ट्रघातका विरुद्ध उभिनेहरुबीच एकताको आवश्यकता रहेको औंल्याए । उनले भने,‘उन्नत लोकतन्त्र पार्टी स्वतन्त्र अभियान, नेपाल आमा पार्टी, सचेत नेपाली पार्टी, सुशासन पार्टी लगायत १ दर्जन जति स्वतन्त्र समुह र पार्टीहरुले साझा उम्मेदवार, विचार, चुनाव चिन्ह र साझा कार्यक्रमको साथ अघि बढ्नुपर्छ भनेर निष्कर्ष निकालेका छौं ।’नागरिक, सार्वभौम सत्ता र राष्ट्रियतालाई केन्द्रमा राखेर एलायन्सले यस्तो निर्णय गरेको उनले थप स्पष्ट पारे । नेपालले अब बिहीबार युनियन हाउसमा १ बजे बोलाइएको भेलामा सबै पार्टीलाई उपस्थित हुन र एक्यवद्धता जनाउन आग्रह गरे । आगामी चुनाव चिन्ह के गर्ने भनेर बिहीबार छलफल गरिने उनको भनाई थियो । पुराना नेताहरुलाई गाली गर्न नुहने उनको भनाई थियो । उनले भने,‘पुराना नेताहरु अब आराम गरेर घरमा बस्नुपर्छ र उहाँहरुबाट देश बन्ने सम्भावना छैन् ।’