
काठमाडौं - आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन्।आयोगले मंगलबार ३१ साउन सम्मका लागि समय दिएको थियो।जसमा नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरी, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाई, सुशासन पार्टीका अध्यक्ष रमेश प्रसाद खरेल, नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठको स्वतन्त्र राजनीतिक शक्ति नेपाललाई पनि साझा चुनाव चिन्ह 'आमा' निर्वाचन आयोगले दिएको छ ।




























