
रोशन घर्तिमगर
काठमाडौं २७ असोज
आसन्न निर्वाचन मंसिर ४ लाई लक्षित गर्दै स्वतन्त्र राजनैतिक शक्तिका काठमाण्डौ ं क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुण्य प्रसाद प्रसाईले आफ्नो चुनाव लक्षित अभियान आउँदो शनिवारबाट सुरु गर्ने बताएका छन् ।
प्रसाईले एक बिज्ञप्ति जारी गर्दै २९ गते शनिवार बाट आफ्नो जनता संग पुण्य प्रसाई अभियानको सुरुवात हुने भन्दै उपस्थिति लागि सम्पुर्ण पार्टिपंत्ति, शुभचिन्तक, पत्रकार, न्यायप्रेमि, स्वतन्त्र प्रेमि, तथा आम जनसमुदायमा चुनाव लक्षित अभियानमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
अतिथि वक्ताको रुपमा रमेश खरेल, प्रतिनिधि सभा सदस्य उम्मेद्वार काठमाण्डौ क्षेत्र नं.१, रोमलाल गिरी, गोविन्द गिरी, सुमन कुमार बलामी प्रतिनिधि सभा सदस्य उम्मेद्वार काठमाण्डौ क्षेत्र नम्बर ८, ओमप्रकाश खरेल, प्रतिनिधि सभा सदस्य उम्मेद्वार, झापा क्षेत्र नं ३, खगेन्द्र बस्नेत काठमाण्डौ क्षेत्र नं. २ (क)लगाएतले कोण सभालाई सम्बोधन गर्नै कार्यक्रम रहेको पुण्य प्रसाद प्रसाईको सचिवाललयले जनाएको हो ।
घरदैलो सहितको कोणसभा बत्तिसपुतली, द्वारिका होटल अगाडि पेट्रोल पम्पको पिपलबोटमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।




























