
रोशन घर्ति मगर
काठमाण्डौ २७ असोज-
काठमाण्डौ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुमन कुमार बलामीले आफ्नो उम्मेदवारी जनताको जनजिविकाको ग्यारेण्टिका लागि भएको दावि गर्नुभएको छ ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सचेत नेपाली पार्टि सहितको १३ घटकहरुको साझा गठबन्धन स्वतन्त्र राजनैतिक शक्तिको तर्फ बाट काखमा बालक लिएकि आमा चुनाव चिन्ह सहित चुनावि मैदानमा उत्रिएका सुमन कुमार बलामीले आफ्नो चुनावि ऐजेन्डामा जनताकाृ जनजिविकाको सवाल प्राथमिकतामा परेको मिडियालाई बताउनुभएको हो ।
सक्तिशालि सेना, शसक्त आर्थिक उत्थान , नेतृत्वतहमा शक्षम युवा , जस्ता राष्ट्रिय मुद्धाहरु सहित चुनावि मैदानमा उत्रिएका सुमन कुमार बलामी कोरोना हिरो समेत हुन् ।
समाजसेवामा समर्पित सुमन कुमार बलामी युवाहरु अब निति निर्माण तहमा पुग्नुपर्नै बताउँदै पुराना राजनैतिक दलहरुले देश र जनतालाई धोका दिएको आरोप लगाउनु भयो ।
जनताहरु नयाँ अनुहार र नयाँ विचार प्रति आकर्षित भएको भन्दै आफ्नो बिजय सुनिस्चित भएको दावि गर्नुभयो ।
काठमाण्डौ निर्वाचन क्षेत्र नं ८का जनताहरुलाई आफुले कहिल्यैपनि धोका नदिने प्रतिबद्धता गर्दै आफुनै उपर्युक्त पात्र भएको दावि गर्नुभयो ।
मंसिर ४ गते पुराना दलहरुलाई झाडुलगाएर बढार्नै दिन भएको भन्दै बलामिले जनतालाई विवेक पुर्याएर मतदान गर्न अपिल गर्नुभयो ।
सुमन कुमार बलामीे आफ्नो उम्मेदवारी सर्वपहिचानवादको मूलदर्शन लागू गर्न,नागरिक समाजवाद लागू गर्न, न्यायीक समतावादको सिद्धान्त अनुसार अन्तिम लक्ष्य खुशीःअन्त्योदयको सिद्धान्त लागू गर्नःसर्वोदयको सिद्धान्त लागू गरी लोककल्याणकारी राज्य बनाउन, संलग्नताको सिद्धान्त अनुसार परराष्ट्र नीति लागू गर्न,एन्टी ग्लोबलाइजेसनको नीति अंगाल्न, आत्मरक्षाको सिद्धान्त अनुसार शक्तिशाली सेना,आत्मनिर्भरताको सिद्धान्तअनुसार आर्थिक विकास गर्नः व्यापार घाटा कम गर्न, कर फिर्ता नीति लागू गर्नः उद्योगका लागि सम्पूर्ण व्यवस्थापन सरकारले गर्न, वर्षेनी ५ लाख नयाँ रोजगार सृजना गर्न नक्कली नागरिकता लिने—दिनेलाई आजीवन कारावासको सजाय दिन आफ्नो र आफ्नो पार्टिको उदेस्य भएको भन्दै आम मतदाताहरुलाई काखमा बालक लिएकि आमा चुनाव चिन्हमा मतदान गर्न बिषेश आग्रह गर्नुभयो ।
यस्तै बलामिले बेरोजगार भत्ता दिन, असमान सन्धि खारेज गर्न, विकासको गति यातायात सेवामा व्यापक सुधार गर्न, नेपाललाई पर्यटनको आकर्षक गन्तव्य ६ हजार नदी नेपालको विकासमा प्रयोग गर्न, कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गरी द्रुत विकास गर्न किसानको उत्पादन अनिवार्यरुपमा सरकारले खरिद गर्ने नीति लिन, वनलाई नगदे वनमा परिणत गरी वनलाई जनताको आम्दानीको स्थायी माध्यम बनाउन यस्तै प्रसाईले पर्यटनको विकासमा क्रान्ति ल्याउनः आत्मनिर्भर स्मार्ट ग्राम (कम्युन) को व्यवस्था गर्न, आधारभूत शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता गर्न,नेपालीको कलात्मक शीपलाई आम्दानीको श्रोत बनाउनः शीपमूलक योग्यतालाई समेत डिग्री दिने व्यवस्था गर्न, उच्च अभिव्यक्ति स्वतन्त्रताका लागि, नेपाललाई मेडिकल हवको रुपमा विकास गर्न,सातै प्रदेशमा विश्वस्तरका रंगशाला निर्माण गर्न, अङ्गीकृत नागरिकलाई प्रतिबन्ध गर्न, भ्रष्ट राजनीति विस्तापित गरी इमानदारीको राजनीति स्थापित गर्न,विदेश भासिएका क्षमतावान व्यक्तिलाई फर्काएर देश विकासमा लगाउन,१५ वर्षमा विश्वको १५ आंै धनी र शक्तिशाली देश बनाउनसरकारी जग्गा र सम्पत्ति आफ्नो बनाई भोगचलन गर्नेको सर्वश्वहरणसहित आजीवन कारावास गर्नसेटिङ मिलाएर घुस खाने र जनता ठग्नेलाई जेल हालेर कोर्रा हान्नेः छाडातन्त्र खतम गर्न कोर्रा सिस्टम लागू गर्न अनुदान र ऋण नलिने जस्ता कार्यहरुका लागि आफुलाई भोट दिन सुमन कुमार बलामीे आम मतदाताहरु समक्ष हार्दिक अपिल गरेका छन ।




























