
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयर लाइन्समा सवार यात्रुमध्ये साँझसम्म २० जनाको शव पहिचान भएको छ ।अस्पतालमा ल्याइ पुराएका शवहरुको पोस्ष्टमार्टम गर्ने क्रममा ती शवको पहिचान भएको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको छ ।उता उद्धार कार्यमा खटिएको नेपाली सेनाले भने उद्धार कार्यलाई जारी राखेको छ । उद्धार कार्यमा रहेको नेपाली सेनाको उद्धार टोलीले आइतबार साँझ ५ बजेसम्म ६८ शवको निकालेको छ । चार शव खोँचमा रहेको र निकाल्ने प्रयास भइरहेको जानकारी नेपाली सेनाको पश्चिम पृतनापति दीपक बानियाँले दिनुभयो ।सो विमानमा चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।सोही विमानमा सवार पत्रकार त्रिभुवन पौडेलको शव पनि नेपाल पत्रकार महासंघका पदाधिकारीले पहिचान गर्नुभएको छ ।दुई सयभन्दा बढी विशेष फौज संलग्न नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।राससका अनुसार, विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा सेनाले उद्धार कार्य गरिरहेको उहाँले बताउनुभयो । विमान अप्ठेरो खाँचमा दुर्घटना भएकाले सेनासहितका सुरक्षाकर्मीले तत्काल आगो निभाउने र छरिएर रहेका शवलाई डोरी, भयाङ र विशेष उपकरणको सहयोगमा निकाल्ने काम गरिरहेको छ । Source;Gorkhapatra




























