
कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा आज (सोमबार) राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । ठुलो मानवीय क्षति बेहोर्नु परेकाले शोक मनाउन सार्वजनिक बिदा समेत दिने गृह मन्त्रालयले आइतबार नै जानकारी गराएको छ ।विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आज शोक बिदा दिनुका साथै राष्ट्रिय झन्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।Source :gorkhapatra




























