
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।गृहमन्त्री लामिछानेले गठबन्धनमा आफूले सो प्रस्ताव गरेको पनि बताए । गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि आफू तयार रहेको बताए । उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु गरेपनि तयार रहेको बताए ।गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन् । यसले थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’




























