
मधेश प्रदेशका दुई जना प्रदेश सांसदले शपथ लिएका छन् ।नेकपा माओवादी केन्द्रका रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज बुधबार शपथ लिएका हुन् ।उनीहरुविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।




























