प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई ती दुबै मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षा मन्त्री शिशिर खनाल रर श्रममन्त्री डोलप्रसाद अर्यालले आइतबार राजीनामा दिनुभएको थियो ।यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातारण मन्त्रालयकाे पनि जिम्मेवारी लिनुभएको थियो ।त्यस्तै, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानाे नागरिकता कायम नरहेकाले उहाँको सांसद पद बदर भएको सर्वोच्च अदालतको फैसला गरेपछि लामिछानेले राजीनामा दिनुभएको थियो ।लामिछानेले राजीनामा दिनुभएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएको छ ।Source:Gorkhapatra