
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले असहयोग गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन् ।आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको स्पष्ट पारे । राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कुरा कल्पना बाहिरको भएको बताएका छन् ।राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने ओलीले स्पष्ट पारे । पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ ।पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नरहेको बताए । ज्ञानेन्द्र शाह आफैं अलमलमा भएकाले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको ओलीको स्पष्टोक्ति थियो ।Source:News of Nepal




























