
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोक्ने निर्णय गरेको छ ।आयोगका अनुसार चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । यस्तै तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न आग्रह गरेको छ ।निर्वाचन खर्चको विवरण उमेदवार वा उमेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।




























