
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लगिएको हो ।पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए ।उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ ।




























