सचेत नेपाली पार्टीले केन्द्रीय समितिको विस्तार गरेर ५०१ सदस्यीय बनाएको छ । भर्खरै राजधानीमा राष्ट्रिय भेलाको आयोजना गरेर नयाँ १०० जना केन्द्रीय सदस्य थप गरिएको छ । देशैभरि तिब्र गतिमा संगठन विस्तार गर्ने लक्ष्य लिएको पार्टीले स्थानीय निर्वाचनमा ३५ जिल्लामा आफ्नो उम्मेद्वारी दिने लक्ष्य राखे पनि स्थानीय निर्वाचनमा पार्टीको प्रभावशाली उपस्थिति हुन नसक्ने तर प्रतिनिधि सभाको निर्वाचनमा भने ठूला पार्टीलाई धक्का दिने गरि अघि बढिरहेको पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले बताएका छन् ।
५५ जिल्लामा आफ्नो पार्टीका राम्रो संगठन भए पनि जिल्लामा दर्ता गर्ने समय केवल एक दिनका लागि मात्र दिएर निर्वाचन आयोगले ठूला पार्टीका सहजकर्ताको भूमिमा खेलेकाले आफ्नो पार्टीले सबै जिल्लामा पार्टी दर्ता गर्न नभ्याएर स्थानीय निर्वाचनमाम आफ्ना सबै उम्मेद्वारले पार्टीको चुनाव चिन्ह सिंह नपाउने कुराले भने पार्टी पङ्क्तिमा केही निराशा आएको उनले स्वीकार गरेका छन् । यसलाई अध्यक्ष प्रसाईले निर्वाचन आयोगको ठूला पार्टीको तावेदारीको रुपमा बुझेका छन् ।
शक्तिशाली नेपाल सुखी नेपाली, मेरो विश्वास मेरो भरोसा सचेत नेपाली अन्तिम आशा भन्ने स्लोगन लिएर सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायिक समतावादको नयाँ दर्शन आविष्कार गरेर नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएको सचेत नेपाली पार्टीको लक्ष्य बेइमानीको राजनीतिबाट निराशा बनेका युवालाई राजनीतिमा सक्रिय गराएर कट्टर इमानदार सरकार बनाएर यस देशबाट भ्रष्टचार, राजनीतिक विचौलियापन, दलाली र सबै पार्टीहरु मिलिजुली देश दोहन गर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निर्मूल पार्नु रहेको छ ।