
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बुधबार बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उनको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि ललितपुरको च्यासलमै व्यवस्था मिलाइएको छ ।बालुवाटारस्थित निवासमा नेम्वाङको पार्थिव शरीर दिउँसोपछि राखिने बताइएको छ । त्यहाँ उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।नेम्वाङका छोराहरू विदेशबाट आइसकेपछि राजकीय सम्मानका साथ उनको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने छ । उनको सम्मानमा तीन दिनसम्म एमालेले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।




























