बाग्लुङ ! बेलायत निवासी १३ बर्षिया बालिका टिया आचार्यको सहयोगमा बाग्लुङको जगरनाथ प्रा.बि अमलाचौरका छात्र-छात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । एक बर्ष पहिला आफ्नो पिता पुर्खाको गाउँ बागलुङको अमलाचौर पुग्दा आफू जस्तै स-साना बालबालिकाहरुको अवस्था र स्कुलमा अध्यन गर्दा भोग्नु परेको पिडा देखेर उनिहरुको लागि केही गर्ने मनसायले आफ्नो मोबाइलमा कैद गरिएको श्रब्यदृश्य सामाग्रीहरुलाई सम्पादन गरि तयार पारिएको दृश्य सामाग्रीलाई, बेलायतको विभिन्न स्थानमा अतिरिक्त शो प्रदर्शन गरि, संकलन भएको रकमबाट शैक्षिक सामाग्री खरिद गरि बितरण गरिएको थियो । वालिकाका पिता चिरन शर्माको नेतृत्वले बिध्यालय परिसर पुगि कार्यक्रम गरेको थियो ।कार्यक्रममा अप्रवासी नेपालीहरुको संगठन (एनआर एन) बेल्जियमकि महासचिव रुबिना पौडेल, बेलायत निवासी सह-कोषध्यक्षका प्रत्याशी कृष्ण तिमल्सिना, एनआरएनका प्रेस संयोजक एवं टिया आचार्यका पिता चिरन शर्मा,चलचित्र निर्देशक बिश्वदीप घिमिरे लगाएत नेकपा एमाले बाग्लुङ प्रदेश संम्सद कृष्ण प्रसाद पाठक, नेका प्रदेश संम्सद डिल्लीराम सुबेदि लगाएत उपस्थित ब्यक्तिहरुले कार्यक्रम बर्तमान समयमा सान्दर्भिक रहेको बिचार व्यक्त गर्नु भयो। विदेशमा बसेर गाउँको मायाले केहि गर्ने हुट हुटि छोरी टियामा देख्दा आफु निकै गौरवान्वित भएको र सन्सार भरीका अप्रवासी नेपालीहरुको लागि यो एक महत्त्वपूर्ण शिक्षाको रुपमा रहने बिश्वास कार्यक्रममा वालिकाका पिता शर्माले व्यक्त गर्नु भएको थियो ।पन्चेबाजाको धुन सगै सुरु भएको कार्यक्रममा बिद्यालयका छात्र