
पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा तालिमको अवसर नपाएकाहरुलाई लक्षित गरी झापामा आजदेखि तालिम सुरु भएको छ ।प्रदेश नं १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ झापा शाखाको सहकार्यमा बिर्तामोडमा २ दिने पत्रकारिता तालिम सुरु भएको हो।महासङ्घका अध्यक्ष एकराज गिरीले पत्रकारिताको आधारभूत तहको अन्तरक्रियात्मक प्रशिक्षणमा पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा पत्रकारितासम्बन्धी प्रशिक्षणको अवसर नपाएका महिला, दलित, जनजाति, आदिवासी, मधेसी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, पिछडावर्ग समुदायबाट ४० जनाको सहभागिता रहेको जानकारी दिए।तालिमको सहजीकरण पत्रकारहरु उमाकान्त खनाल, केशव भट्टराई, डिकेश लामा र मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले गरिरहेका छन्। अन्तरक्रियात्मक प्रशिक्षणमा पत्रकारिताका विविध विषयसँगै आचारसंहिताका बारेमा समेत छलफल गराइने उनले बताए।Source : Nepaltop




























