
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार )सबै सांसदलाई शीतल निवासमा बोलाउनुभएको छ ।दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको छ । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई डाकेको उहाँले बताउनुभयो ।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाउनुभएको हो ।यसलाई राष्ट्रपतिको बिदाई भोजको रुपमा हेरिएको छ । भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ ।Source:Gorkhatra




























