
काठमाडौ ! राष्ट्रदेव भगवान श्रीपशुपतिनाथका असिम अनुकम्पाले काठमाडौ महानगरपालिका वडा न १०,नयाँ बानेश्वर,थापागाउँस्थित थापागाउँ पलान्चोक भगवती मन्दिरमा साझ बिहान पूजाअर्चना र भजनकीर्तनको माध्यमबाट वातावरणलाई स्वस्थ्य,स्वच्छ र सफा राखी अनवरत रुपमा मन्दिर सन्चालनको लागी अक्षयकोष स्थापनार्थ थापागाउँ सुधार समितिको सत्सकल्पमा बालतपस्वि पण्डित श्री उत्तम भट्ट महाराजज्युका मुखारबिन्दबाट हुन गइरहेको संगीतमय श्रीमद भागवत सप्ताह ज्ञान् महायज्ञ यहि भाद्र १६ गते बिहान ७ बजेबाट कलश यात्राबाट प्रारम्भ भइ २४ गते तिलार्पण गरि समापन हुने,महायज्ञ मूल समितिका संयोजक दिपक थापाले जानकारी गराउनु भयो । सात दिन सम्म चल्ने महायज्ञमा कथावाचन बिहान ७ बजे देखि बेलुकी ४ बजे सम्म हुने र बेलुकी ७ बजे देखि १० बजे सम्म भजन कृतन हुने स्थानिय युवा तथा महायज्ञ मुल समितिका सदस्य शशी थापाले बताउनु भयो ।





























