
भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २८ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ | भक्तपुरस्थीत मध्यपुर थिमीको दिगु टोलमा बुधबारराती महाकाली नाँच देखाइएको हो । पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयम् प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रुपमासमेत महाकाली नाचलाई लिने गरिन्छ । यो नाँच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु गरिएको थियो । उक्त ऐतिहासिक नाँच दिगुटोल, चपाचो, वाननीलगायतका स्थानमा देखाइएको थियो जसमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव, कावाख्या तथा माक देवगण गरी बिभन्नि देवीदेवतालाई नचाइएको थियो । जीव जिवात्माहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने मान्यताका साथ उक्त नाच देखाइने गरिएको स्थानीयहरुको भनाइ छ ।मध्यपुरथिमिलाई भूतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको नाच देखाउने परम्परा रहेको संस्कृतिविद्हरुको भनाइ छ ।




























